
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा एमालेका बद्री मैनालीले अग्रता बनाएका छन् । उनी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका हितबहादुर तामाङभन्दा १९५ मतले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका मैनालीले ४ हजार ६८६ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका तामाङले ४ हजार ४९१ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले १ हजार १९४ मत पाएका छन् ।