२५ जेठ २०८३, सोमबार

सप्तरी –२ : उपेन्द्र यादवका प्रतिनिधिले गरे मतगणना बहिस्कार

सप्तरी –२ : उपेन्द्र यादवका प्रतिनिधिले गरे मतगणना बहिस्कार

सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन् । उनीहरू मत गणना बहिस्कार गर्दै मतगणना स्थलबाट बाहिरिएका छन् । 

सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । उक्त क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बनाइरहेका छन् । मत परिणाम अपेक्षित नभएपछि जसपाका कार्यकर्ताहरूले मत गणनास्थलमा नाराबाजीसमेत गरेका थिए । 

उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहितका युवाहरूले नाराबाजी गरेका हुन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा समर्थित युवाहरूले मतथ गणना स्थलमा नाराबाजी गरेका थिए । 

जारी मतगणनाको परिछल्लो परिणामअनुसार सिके राउतले २१ हजार ८१७ मत प्राप्त गरेका छन् । उपेन्द्रले १० हजार ८८७ मत मात्र प्राप्त गरेका छन् । 
  
मतगणना स्थल बाहिर उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव सहितका युवाहरूले नाराबाजी गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्