२६ असार २०८३, शुक्रबार

काठमाडौँ–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौँ–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छन् । 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मंगलवार राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले ४ हजार ३५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले ३ हजार ९३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले ३ हजार ७९८ मत प्राप्त गरेका छन् । 

विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपप्रमुखमा विजयी भएकी थिइन् । काठमाडौं महानगरपालिकाको वडा नं २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार ७१५ मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्