२६ जेठ २०८३, मंगलबार

प्रतिनिधि सभा समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

प्रतिनिधि सभा समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम विवरणानुसार एमालेले १ लाख ६३ हजार मत प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ४२ हजार ९१२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत संख्या ७२ हजार २८१ रहेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)को ६९ हजार ३५५, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३८ हजार १६५ र जनमत पार्टीको १३ हजार १० रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १२ हजार १३८, नेपाल मजदुर किसान पार्टीको ८ हजार ६३६, नेकपा (एकीकृत समाजवादी)को ८ हजार ७१०, नागरिक उन्मुक्ति पार्टीको ८ हजार १६८ र अन्यको ३३ हजार १७४ मत रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्