२५ जेठ २०८३, सोमबार
आमचुनाव-२०७९

उपेन्द्रलाई हराउँदै सीके राउतकाे जीत, मधेशमा वैकल्पिक शक्तिको अनुमोदन

उपेन्द्रलाई हराउँदै सीके राउतकाे जीत, मधेशमा वैकल्पिक शक्तिको अनुमोदन

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो मतान्तरले पराजित गर्दै राउतले जीत हात पारेका हुन् ।

राउतले ३५ हजार ४२ मत ल्याएका छन भने यादवले १६ हजार ९७९ मत ल्याएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् । 

मधेशलाई ‘छुट्टै देश बनाउनु पर्छ’ भन्ने नारा स्थापित गरेर आएका राउतले केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरी विखण्डनको बाटो त्यागेका थिए । 

पहिलो पटक संसदीय चुनाव लडेका राउतले मधेशका ‘मसिहा’को उपनाम पाएका मधेशका सर्वाधिक शक्तिशाली नेता उपेन्द्र यादवलाई पराजित गरेका छन् । 

राउतको जीतसँगै मधेशमा वैकल्पिक शक्तिको शक्तिको राजनीतिक अनुमोदन भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्