
बर्दिया क्षेत्र नं २(१) प्रदेश सभा सदस्यमा नेपाली कांगे्रस उम्मेदवार भुवनेश्रर थारु विजयी भएका छन् । थारु १६ हजार चार सय ७५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सालिकराम अधिकारीले १६ हजार तीन सय ८४ मत प्राप्त गरे ।
नेपाली कांगे्रस उम्मेदवार थारु ९१ मतको अन्तरले विजयी भएका हुन् । यो निर्वाचन क्षेत्रमा ८१ हजार नौ सय १९ मतदाता रहेकोमा ५० हजार आठ सय ६५ मत खसेको थियो भने दुई हजार दुई सय मत बदर भएको छ ।