२४ असार २०८३, बुधबार

दैलेख–२ प्रदेश सभा (१) मा कांग्रेसका घनश्याम भण्डारी निर्वाचित

दैलेख–२ प्रदेश सभा (१) मा कांग्रेसका घनश्याम भण्डारी निर्वाचित

दैलेख २ को प्रदेश सभा क्षेत्र नं (१) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन् । एमालेका तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतान्तरले पछि पार्दै भण्डारी निर्वाचित भएका हुन ।

भण्डारीले १० हजार ८०० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिष्पर्धी रिजालले ९ हजार ४९५ मत प्राप्त गरे । यस क्षेत्रमा २२ हजार ९४२ मत खसेको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी दुल्लू नगरपालिकाका पूर्व प्रमुख हुन् । योसँगै कर्णालीमा प्रदेश सभाका ६ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । हालसम्म कांग्रेसका ४, एमालेका १ र स्वतन्त्रका १ जना निर्वाचित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्