
मकवानपुर क्षेत्र नम्बर २(२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँ बिजयी भएका छन् ।
सत्तारुढ गठबन्धनको तर्फका नेपाली कांग्रेसका उम्मेदवार रहेका बानियाँले एमालेका लालबहादुर थापालाई १ हजार ७८२ मत मत अन्तरले पराजित गरेका हुन् । कुल मत ४० हजार ५९९ मत गणना हुँदा बानियाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ९३४ मत प्राप्त गर्दा बानियाँले १८ हजार ७१६ मत प्राप्त गर्दै दोस्रो पटक बागमती प्रदेश सभा सदस्य पदमा निर्वाचनमा निर्वाचित भएका हुन् ।
निर्वाचित बानियाँ कांग्रेस प्रदेश सभापति समेत हुन् ।