२५ जेठ २०८३, सोमबार

गोरखा–१ बाट कांग्रेसका राजेन्द्र बजगाईं विजयी

गोरखा–१ बाट कांग्रेसका राजेन्द्र बजगाईं विजयी

गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् । बुधवार राति सम्पिन्न मतगणनाअनुसार बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाए । 


२०७४ सालमा बजगाईं र बस्नेतले गोरखा–१ को प्रदेशसभा २ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला बस्नेतले बजगाईंलाई पराजित गरेका थिए । वाम गठबन्धनका उम्मेदवार रहेका बस्नेतले बजगाईंलाई सहजै पराजित गरेका थिए ।

यसपटक भने ५ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका बजगाईंले बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्