
स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौटहट–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट टिकट पाएका साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।
एमालेले जनता समाजवादी पाटीसँग चुनावी तालमेल गरेकोभन्दै असन्तुष्ट बनेका साहले एमाले छाडेर चुनावमा होमिएका थिए ।
उनले अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशलाई पराजित गरेका हुन् ।
प्रभु साहले ३२ हजार ४३७ मत पाएका छन् भने ओम प्रकाशले २५ हजार २०० मत पाएका छन् ।