२५ जेठ २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

सर्लाही ४ बाट कांग्रेसका बागी उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही ४ बाट कांग्रेसका बागी उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य पदमा अमरेशकुमार सिंह विजयी भएका छन् । सत्तारुढ गठबन्धनले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका सिंह लगातार तेस्रोपटक सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

उनको पार्टी नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्ेमदवारी दर्ता गराएका  सिंहले  २० हजार  १७  मत ल्याई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ र स्वतन्त्र उम्मेदवार मधुमाला यादवले १४ हजार ६२२ मत ल्याएका छन् । 

मतगणना शुरु भएदेखि नै अग्रस्थानमा रहेका सिंह यसअघि नेपाली कांग्रेसबाट लगातार दुईपटक सांसद भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्