
बर्दिया–१ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस उम्मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् ।
गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत मात्र पाए । यस्तै, नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४ मत प्राप्त गरे ।
यस्तै जनमत पार्टीका उम्मेदवार सोहराव पठानले २ हजार ३५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर सिंहले २ हजार २६६ र जनता समाजवादी पार्टीका रेशमबहादुर खत्रीले १ हजार मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।