२९ जेठ २०८३, शुक्रबार

पाँचथरबाट प्रतिनिधि सभामा एमालेका वसन्तकुमार नेम्वाङ विजयी

पाँचथरबाट प्रतिनिधि सभामा एमालेका वसन्तकुमार नेम्वाङ विजयी

प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई जम्मा ४७ मतले पराजित गर्दै उनी विजयी बनेका हुन् । 

नेम्वाङले ३२ हजार ११० मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका हुन् । उनका निकटम प्रतिष्पर्धी कांग्रेसका आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका राप्रपाका कमलबहादुर चेम्जोङले १ हजार ५४० मत प्राप्त गरे । 

२०७४ को निर्वाचनमा नेम्वाङ सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी केपी ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । उनले मन्त्री रहेका बेला काठमाडौं उपत्यकासहित देशभरका सडक मर्मत तथा विस्तारमा गरेको कामको प्रशंसा भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्