२९ जेठ २०८३, शुक्रबार
एमाले विजयी

पाल्पा-२ बाट ठाकुर गैरे निर्वाचित, करीब ४ हजार मतले पाण्डे पराजित

पाल्पा-२ बाट ठाकुर गैरे निर्वाचित, करीब ४ हजार मतले पाण्डे पराजित

प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा-२ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् ।

शुक्रबार दिउँसो सकिएको मतगणनाको अन्तिम परिणामअनुसार उनले ३ हजार ९६६ मतान्तरले नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । 

पहिलो प्रयासमै सफल भएका गैरेले २७ हजार ८१७ मत ल्याउँदा निवर्तमान सांसद समेत रहेका पाण्डेयले २३ हजार ८५१ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन गैरे ५ हजार १८० मतसहित तेस्रो भए । 

सोमप्रसादले दिए शुभकामना 

सोमप्रसाद पाण्डेयले निर्वाचित ठाकुर गैरेलाई माला लगाईँदिँदै शुभकामना दिएका छन् ।

नतिजा घोषणा र प्रमाणपत्र वितरण कार्यक्रममा पाण्डेयले आफू पराजित भए पनि पाल्पाको सेवामा निरन्तर लाग्ने प्रण गरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्