
प्रदेश सभातर्फ पाल्पा–१(२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन् । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका हुन् ।
सारुका प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर खनालले ४ हजार ७९१ मत पाएकोसहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए ।
मंगोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १६५ ले मत पाएको छ । प्रदेश सभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा ४९३ मत बदर भएको छ ।