
कालीकोट–२ को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका हिम्मतबहादुर विष्ट निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणनामा एमालेका वीरेन्द्र बोगटीलाई ७ हजार ९४४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् ।
उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । आम निर्वाचनमा कालीकोट कांग्रेसले ३० वर्षपछि यो जीत निकालेको हो ।
कालीकोट–१ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका दुर्गबहादुर रावत निर्वाचित भइसकेका छन् ।