११ साउन २०८३, सोमबार

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक गरिएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्म आगामी पुस २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । 

फिल्मले माया, प्रेम र बदलाको कथा वाचन गर्ने शुक्रवार सार्वजनिक टिजरबाट बुझ्न सकिन्छ । फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको लगायतको पनि अभिनय छ । फिल्मको पटकथा निर्देशक सविर श्रेष्ठले लेखेका हुन् । निर्देशक पौडेलसँगै पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेल फिल्मको निर्माता हुन् । ‘मारुनी’ पछि साम्राज्ञी र पुष्प यसै फिल्ममार्फत पर्दामा देखिन लागेका हुन् । 

 

salt training

कमेन्ट गर्नुहोस्