२८ जेठ २०८३, बिहीबार
आमचुनाव-२०७९

मतगणनाको अन्तिम समयमा १६ मतले पछि परे सुवास नेम्वाङ

मंसिर १०, २०७९
मतगणनाको अन्तिम समयमा १६ मतले पछि परे सुवास नेम्वाङ

मतगणना सकिनै लाग्दा इलाम– २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् । 

निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई अन्तिम समयमा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले पछि पारेका हुन् । 

इलाम नगरपालिका वडा नम्बर–३ को गणना सकिँदा नेम्वाङ पछि परेर खड्का अघि लागेका हुन् । 

खड्काले २८ हजार ४ सय ८६ मत प्राप्त गरेका छन । त्यस्तै नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन । यसअघि इलाम नगरपालिका–४ को गणना सकिँदा खड्का १ सय ३४ मतले पछि थिए ।

इलाम नगरपालिका गणना सुरु हुनुअघि नेम्वाङ करिव १९ सय मतले अघि थिए ।

salt training

कमेन्ट गर्नुहोस्