२७ जेठ २०८३, बुधबार

माओवादी पराजित भएसँगै बरालले दिए प्रदेश अध्यक्षबाट राजीनामा

मंसिर १०, २०७९
माओवादी पराजित भएसँगै बरालले दिए प्रदेश अध्यक्षबाट राजीनामा

निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरू पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै बरालले शनिवार राजीनामा दिएका हुन् । बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दाबेदारसमेत थिए ।

प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्नसमेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा नरहे पनि अविचलितरूपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरूको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ । उनले विविध कमि कमजोरीका बाबजुद गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गरेका छन् । 

पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सिट बाँटफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको बरालले उल्लेख गरेका छन् । त्यस्तै उम्मेद्वार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्बोधन गर्न नसकेको लगायत कारण रहेको उनले उल्लेख गरेका छन् । गुल्मी १(१) बाट उम्मेदवार रहेका बराल एमालेलेका चिन्तामणि पाण्डेसँग पराजित भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्