२४ जेठ २०८३, आइतबार

घण्टीले अग्रता लिइरहेको सुनसरी– १ को कस्तो छ  अवस्था ?

मंसिर १०, २०७९
घण्टीले अग्रता लिइरहेको सुनसरी– १ को कस्तो छ  अवस्था ?

नेकपा एमालेको समेत समर्थन रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा)ले सुनसरी १ मा अग्रता लिइरहेकी छन् । 

पछिल्लो मत परिणामअनुसार शरिनले १० हजार ७ सय ६४ मत पाइरहँदा अशोक राईले ९ हजार ५ सय ५६ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका मुक्सामहाङ सुब्बाले ८ हजार १ सय २६ मत पाएका छन् । 

हर्क साङपाङ मेयर रहेको धरानको भूभागसमेत पर्ने यो क्षेत्रमा शारिनले हर्क शैलीमा प्रचार गरेकी थिइन् । सुनसरीका अन्य क्षेत्रमा पनि घण्टी चिन्हवाला उम्मेदवारले राम्रो मत पाइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्