
मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका नेता एवं सरकारका प्रभावशाली मन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १२ भोटले अगाडि लागेका छन् ।
शनिवार दिउँसोसम्मको अपडेटमा एमाले उम्मेदवार जगदीश कुसियैतभन्दा १२ भोटले अगाडि रहेका कार्कीले २१ हजार ४४५ मत पाएका छन् । नेकपा एमालेका कुसियैतले २१ हजार ३३३ मत प्राप्त गरेका छन् ।
कार्की सुनसरी ४ का निवर्तमान सांसद हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको ‘किचेन क्याविनेट’का नेता रहेका कार्की सरकारमा तेस्रो वरियताका मन्त्री हुन् । दोस्रो वरियतामा रहेका गृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट पराजित भइसकेका छन् ।