२५ जेठ २०८३, सोमबार

निर्वाचनमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

मंसिर १२, २०७९
निर्वाचनमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक
फाइल तस्वीर

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमवार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २१६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी दिएको हो । 

सो संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनाहरू मध्ये प्रचारप्रसार तथा ¥यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आम सभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रुपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको थियो । 

संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट बालबालिका प्रयोग भएको बताए । उनले वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट ९८ वटा घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारहरूबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको बताए । 

पार्टीगत रुपमा हेर्दा नेपाली कांग्रेसले २२ वटा, नेकपा (माओवादी केन्द्र) ले १३ वटा, नेकपा (एकीकृत समाजवादी) ले ८ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले ३ वटा, नेकपा (एमाले) ले ७१ वटा, जसपा, राप्रपा र राप्रपा नेपालले गरी ९ वटा, राप्रपाले १२ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटा, विवेकशिल, नेपाल सुशासन र जनमत पार्टीले १÷१ वटा घटनामा बालकालिकाको प्रयोग गरेको उनले जानकारी दिए । 

उनले २५ वटा विद्यालय, १ वटा विद्यालय बस र ४ जना शिक्षक पनि निर्वाचनमा प्रयोग भएको सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गरे । जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा (एमाले) ले १० वटा विद्यालयको प्रयोग गरेको उनले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्