×

NMB BANK
NIC ASIA

ढल्याे गच्छदारकाे विरासत

तेस्रो प्रयासमा ढालिन भगवतीले गच्छदारको ३ दशकको विरासत, भ्रष्टाचारको दागले हराउन सघायाे

मंसिर १३, २०७९

NTC
Premier Steels

तेस्रो प्रयासमा सुनसरी–३ बाट एमाले नेतृ भगवती चौधरीले राजनीतिक खेलाडी विजयकुमार गच्छदारलाई पराजित गरेकी छिन् । 

Muktinath Bank

पूर्वी पहाडका लिम्बु समुदायमा चर्चित ‘तीन पटकमा राँगो त छिन्छ’ भन्ने उखान यतिबेला चौधरीका लागि चरितार्थ भएको छ । २०४८ यताका सबै चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता गच्छदार यस पटक भने संसद बाहिरै भए । चौधरी फराकिलो मतान्तरले गच्छदारको विजय यात्रामा ब्रेक लगाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४८, २०५१, २०५६ र २०७४ मा गच्छदार कांग्रेसबाट उम्मेदवार भएर चुनाव जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी मधेसी जनअधिकार फोरमबाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनले फोरम लोकतान्त्रिकबाट चुनाव जिते ।


Advertisment
Nabil box
Kumari

२०४८ मा उनले एमालेका लीला श्रेष्ठलाई झण्डै दोबर मतले पराजित गरी पहिलो पटक सांसद भएका थिए । २०५१ को मध्यावधि चुनावमा एमालेका कुलदीप पेशकर र २०५६ मा एमालेकै रेवतीरमण भण्डारीलाई गच्छदारले पराजित गरेका  थिए ।

Vianet communication

२०६४ को चुनावमा उनले काँग्रेस छाडिसकेका थिए । मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले काँग्रेसका अगमलाल चौधरीलाई झन्डै दोब्बर मतले पराजित गरे ।

२०७० को दोस्रो संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार बनेका गच्छदारले एमालेकी भगवती चौधरीलाई ३६२ मतले पराजित गरेका थिए । 

त्यसपछि उनले आफ्नै नेतृत्वको फोरम (लोकतान्त्रिक)लाई काँग्रेसमा विलय गराए । पुरानै घर फर्किएका गच्छदार काँग्रेसको उपसभापति बने ।

२०७४ को निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेका उनले दोस्रो पटक पनि भगवतीलाई पराजित गरे । चौधरीले भने धाँधली गरेर गच्छदारले चुनाव जितेको आरोप लगाउने गरेकी थिइन् । ०७४ को चुनावमा गच्छदारले धाँधली गरेको आरोप लगाउँदै भगवती चौधरीले सर्वोच्च अदालतका दर्ता गरेको मुद्दा अलिहेसम्म विचाराधीन नै छ । 

तर, यस पटक भने गच्छदारको जोर चलेन । गच्छदारका लागि पानीपँधेरो बनेको संसद छिर्ने लाइसेन्स चौधरीले हस्तक्षेप गरेकी छिन् । 

६ पटक सांसद हुँदा १२ पटक मन्त्री भएका चौधरीलाई चुनावमा पराजित गर्न भगवतीलाई त्यति सहज थिएन । तर, यस पटक चौधरीका लागि अवस्था अनुकूल बनिदियो । 

गच्छदारलाई ललिता निवास प्रकरणमा मुद्दा लागेको छ । त्यही मुद्दाका कारण अघिल्लो संसदमा गच्छदार निलम्बित भएका थिए । यो मुद्दाको गच्छदारलाई चुनावको लागि सबैभन्दा प्रतिकूल बनिदियो । 

सुनसरीमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेर संसदमै जान नपाउने व्यक्तिलाई भोट नहाल्न भाषण गरेका थिए । 

एमालेका कार्यकर्ताले त्यसैलाई व्यापक प्रचार गराए । गच्छदारले जिते पनि भोट खेर जाने भन्दै गरिएको प्रचार चौधरीका लागि चुनाव जित्ने आधार बनिदियो । 

अर्कोतर्फ, दुई पटक चुनाव हारेको भनेर चौधरीमाथि महिला मतदाताको सहानुभूतिको भोट पनि थपियो । अन्ततः गच्छदारको तीन दशकदेखिको विरासत ढल्यो । 

चुनावमा विजयी भएपछि चौधरीले आफ्ना लागि मतदाताले चुनौती र अवसर दुवै दिएको बताइन् । 

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लघुवित्तकाे अध्यक्ष छिन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x