०२ साउन २०८३, शनिबार

पल शाहको रिहाइको माग गर्दै वसन्तपुरमा खुला रक्तदान

मंसिर १४, २०७९
पल शाहको रिहाइको माग गर्दै वसन्तपुरमा खुला रक्तदान

नाबालिग जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका अभिनेता पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उनका फ्यानहरूले यही शनिवार खुला रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

‘पल शाह फ्यान क्लब’द्वारा शुक्रवार बिहान वसन्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहान ८ बजेबाट रक्तदान कार्यक्रम शुरु हुने जनाइएको छ । 

अभिनेता पल कानूनी झमेलामा फस्नुअघि फ्यान क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरू गर्ने गरेको थियो । म्युजिक भिडियो र चलचित्रबाट असंख्य प्रशंसक कमाएका पल यतिबेला तनहुँ कारागारमा छन् । त्यहाँ उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै उनलाई अढाई वर्षको जेल सजाय सुनाइसकेको छ । 

नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भए पनि तनहुँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । 

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेशी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेको उनका कानुन व्यवसायीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्