×

NIC ASIA

विचार

चुनावमा माओवादी पराजयको कारण र नैतिक जिम्मेवारीको प्रश्न

मंसिर १४, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel
  • जलजला विद्रोही

एक पटक पूर्वप्रधानमन्त्रीसमेत रहेका भारतीय जनता पार्टी (भाजपा)का नेता स्वर्गीय अटल विहारी वाचपेयीले एउटा सन्दर्भमा भारतीय संसदको बहसमा भनेका थिए, ‘कांग्रेस आईका आधा सदस्यहरू मुर्ख हुन् ।’ सभामुखले वाचपेयीलाई माफी माग्न निर्देशन दिए । वाचपेयीले माफी माग्दै भने– ‘माफ गर्नुहोला कांग्रेस आईका आधा सदस्यहरू मुर्ख होइनन् ।’ संसदमा हाँसो गुञ्जियो । कांग्रेस सांसदहरू मुर्मुरिए । संसदको सत्र सुचारू भयो । कालान्तरमा कांग्रेसका आधा सदस्यहरूको मुर्खताकै कारण त्यस पार्टीले आफ्नो प्रभुत्व रक्षा गर्न सकेन र अस्तित्व जोगाउन कठिन मेहनत गरिरहनुपरेको छ ।

यसपटकको चुनावी नतिजामा माओवादी केन्द्रको ‘डाउन फलिङ’ आमरूपमा अप्रत्याशित रह्यो । केही समय अघिको विशाल माओवादी घट्दै गयो र यतिबेलाको नतिजाले आम पार्टी पंक्तिमा निराशा देखाएको छ । ठीक यही बेला यसका नेता–कार्यकर्ताको केही हिस्साको मुर्खता वा बुद्धिमत्ताले यस पार्टीको जीवन भविष्यको फैसला गर्ने समय आएको छ ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवर्तनको नेतृत्व, वर्तमान शासन प्रणालीको कोरियोग्राफरदेखी कार्यान्वयनकर्ता र आकर्षक चुनावी एजेण्डाका बावजुद माओवादी पार्टीले निर्वाचनमा व्यहोरेको निराशाजनक नतिजाले यस पार्टीलाई जरैदेखी हल्लाएको हुनुपर्छ ।


Advertisment
Rupse Holidays
Nabil box

एक दशकअघि प्रत्यक्षतर्फ १२० सिट ल्याएको माओवादी अहिले २० सिट मुनि खुम्चिनुले पार्टीको भविष्यमाथि सचेत कार्यकर्ताहरू सायद निकै चिन्तित हुनसक्छन् । माओवादी आफैँले रोपेको विरूवामाथि ऐजेरू झाँगिदै गरेको अवस्था र परिवर्तनका एजेण्डाहरूको कार्यान्वयन, रक्षा एवं विकासका लागि बोल्ड नेताहरूको टिम तयार पार्ने कुरामा पार्टी मुख्यालय चुक्दै गएकाले यसको सांगठनिक संरचनामा सुकेनास लाग्दै गएको यथार्थबारे उक्त पार्टीले चिरफार गर्नैपर्ने छ ।

Vianet communication

डरलाग्दो ओरालो यात्राका बाबजुद पनि यो देशका लागि माओवादी पार्टी आवश्यक छ भन्ने तप्का सानो छैन । कतिपयले यसको पतनको कामना गरिरहेका छन् र कतिपयले माओवादी पतनको दिशामा उन्मुख छ भन्न थालेका छन् । कतिपयको बुझाईंमा चाहिँ माओवादी पतन भइसक्यो । 

माओवादीे ओरालो यात्राका १० कारण  

संगठनमा जिम्मेवारीको मनमौजी प्रचलन 
कार्यकर्तालाई संगठनको जिम्मेवारी दिँदा विना कुनै आधार कमिटी फर्मेशन गर्ने प्रथाले पार्टी कमिटीहरू औपचारिक संख्यामा सीमित छन् र ती कमिटीहरूमा कुनै गति, उत्साह, बल, नैतिक ताकत र उमङ्ग एवं बुलन्द आवाज गर्ने पंक्ति देखिँदैन ।

नेतृत्व विकासको समस्या  
पार्टी नेतृत्वले भावी पुस्ताका लागि कुन पात्र सार्दैछ ? के कारणले सार्दैछ ? कतिबेला सार्दैछ ? यी सबै विषय रहस्यमयी बन्ने गरेका छन् । नेताहरूको सोपानक्रम तय गर्दा र पार्टी कमाण्डको जिम्मा दिँदा कुनै विशेषता, सफलता र आवश्यकताका कारणबारे चर्चा गरिँदैन । माओवादीको ठूलो हिस्सा अहिले पनि जाम छ । संगठनमा रहेको जाम खोल्न नेतृत्व तयार हुन आवश्यक छ । पुराना अनुहारबाट प्रभावकारीहरूलाई जिम्मेवारी र नयाँ पुस्ताको उल्लेख्य स्थान नबढाइकन माओवादी सबै वर्ग समूहको स्वीकार्य मिश्रित प्रकारको पार्टीकारूपमा रहिरहन कठीन छ ।

निर्णयमा ढिलाई 
पार्टीले आवश्यक निर्णय लिन र समयमै कदम चाल्न हमेसा ढिलाई गर्ने गरेको महसुस आम जनतामा छ । माओवादीमा कार्यकर्ता पंक्ति शान्त र मौन रहने भएकाले नेतृत्व पंक्ति संगठनको चुस्तता र छरितोपनमा सदैव उदासिन रहने गर्छ । महाधिवेशनको हलबाट नेतृत्व पंक्ति चयन गर्न उदासिनता प्रकट गरी ६–८ महिनापछि पदाधिकारीको  टुंगो लगाउनु र केन्द्रीय समिति विस्तारले पूर्णता नपाउनु त्यसैको ज्वलन्त उदाहरण हो ।

स्पष्ट नीतिको अभाव
चुनावी मोर्चामा देखिने फितलो  प्रदर्शनका कारण  राजनीतिकरूपमा ओरालो लाग्दै गएको माओवादी तत्कालीन र समकालीन राजनीतिमा आफूलाई स्पष्ट नीतिमा अडिग बनाउन सकिरहेको छैन । सत्ता राजनीतिको दाउपेचका  लागि घरि दायाँ र घरि बायाँ कोल्टो फेर्नुपर्ने भएकाले उसले आफ्नो राजनीतिक–आर्थिक र सामाजिक मुद्दाहरूको कार्यान्वयन गर्न सकिरहेको छैन ।  

साँघुरो सोचको घेराबन्दी 
पार्टी मुख्यालय साँघुरो सोचको घेराबन्दीमा छ । सीमित व्यक्तिको वरिपरिको घेरालाई फराकिलो बनाउन सहायक च्यानलहरूको प्रयोग गर्ने, संगठन, मोर्चा, विभाग र अन्तर पार्टीका विभिन्न सहायक एजेन्सीहरूलाई सक्रिय पार्ने, जनता र कार्यकर्ताले पत्याउने नेताहरूलाई भावी नेतृत्वको सेटमा लैजाने र जनतासम्म जरा गाड्न आग्रह रहित फुर्तिला युवाहरूलाई सहयोगीकारूपमा लिने काम गर्दा पार्टीभित्रै संवाद र भेटघाट नपाएका असन्तुष्टि र गुनासाहरूमा कमी आउनसक्छ ।

प्रतिपक्षीय अनुभवको कमी 
शान्ति प्रकृयापछि केही समय प्रतिपक्षको भूमिकामा रहेको माओवादीमा विपक्षीविरूद्ध रणनीति तयार गर्न र उनीहरूलाई घेरा कस्नमा निपुण नेता–कार्यकर्ताको एकताबद्ध टिम छैन । व्यक्तिगतरूपमा प्रतिपक्षीविरूद्ध केही नेता कार्यकर्ताले कडा शैलीमा बोल्ने भए पनि त्यसको संस्थागत जिम्मेवारी लिन र विपक्षीमाथि भारी पर्ने नेता कार्यकर्तालाई पार्टीको सम्पत्तिकारूपमा ग्रहण गर्ने प्रचलन माओवादीमा छैन ।

जनसंवाद क्षमताको अभाव
हरेक राजनीतिक पार्टी कुनै न कुनै तरिकाद्वारा हरदिन जनतासँगको जीवन्त संवादमा रहनुपर्छ । जनतासँग निरन्तर संवादमा रहेको पार्टी र नेतृत्वलाई हरेक भूगोलमा टिकट वितरणमा कुनै कठिनाइ रहँदैन । आफूसँग प्राप्त पार्टी कमिटीको रिपोर्ट, जनतासँग जोडिने विभिन्न च्यानलद्वारा प्राप्त रिपोर्ट, राज्य प्रशासनले तयार पार्ने रिपोर्ट  र मत सर्वेक्षणका लागि पार्टी स्वयंले तयार पार्ने निस्पक्ष र वस्तुगत रिपोर्टहरूका आधारमा टेकेर गरिने निर्णयहरू नै निर्वाचनमा शानदार प्रदर्शनका महत्वपूर्ण पहलुहरू हुन् । माओवादीले टिकट वितरण गर्दा यी विधिहरूमा ध्यान दिनुभन्दा अन्तिम समयमा दबाव सृजना गर्न सक्ने नेता–कार्यकर्ताको प्रभावमा पर्नु पनि एक आंशिक समस्या हो ।

सत्तालाई पारिवारिक आभा मण्डल बनाउने चाहना 
माओवादीमा माथिदेखि तलसम्म आफू र आफ्नो परिवारबाहेक अरूलाई सत्ता वरिपरि ढिम्किनै नदिने डरलाग्दो वंशवादको चाहनाले घर गरेको छ । जनताले सबैभन्दा पहिले व्यालेटद्वारा त्यही प्रवृत्तिमाथि निशाना लगाउने गर्छ । 

गिरिजाले परिवारवादको जुन आरोप खेपे प्रचण्डले त्यही विरासतको भारी बोके भन्ने चार्जले माओवादीमा अध्यक्ष प्रचण्ड र पति–पत्नीमध्ये एक सत्तामा हुनैपर्ने चाहना राख्ने नेताहरूका कारण पनि यस पार्टीको लोकप्रियतामा ह्रास आएको हुनसक्छ । पत्नीलाई समानुपातिमा राखेकै कारण बहालवाल गृहमन्त्री निर्वाचनमा पराजित भएको चर्चा छ । अहिलेका सचेत मतदाताहरूले हेभी–वेट नेताहरूका स–साना त्रुटिहरूलाई पनि निकै ख्याल गरिरहेका हुन्छन् त्यो कुरालाई स्वीकार्न माओवादीलाई सायद केही समय लाग्ला नै ।  

पूर्ण लोकतान्त्रिकीकरणमा अरूची 
माओवादी अन्तर पार्टी लोकतन्त्रमा सबैभन्दा कमजोर छ । त्यसको पहिलो कारण पार्टीको नेतृत्व तह नै अन्तरपार्टीको लोकतान्त्रिक विधिमा उदासिनता प्रकट गर्छ । विधिवत तरिकाले अन्तर पार्टी निर्वाचनद्वाारा नेतृत्व चयन गर्नु परे त्यसको धक्का र पराकम्पनलाई थेग्न नसकिने बुझाइले काम गरेको हुनसक्छ वा जग कमजोर र राजनीतिक–वैचारिक स्वीकार्यता नभएको फाइल बढुवा वाला पंक्तिको रक्षाका लागि पनि माओवादी त्यस दिशामा जान इच्छुक नहुन सक्छ । 

निर्वाचन आयोगलाई पदाधिकारी र केन्द्रीय समिति बुझाउन गरिने महाधिवेशन बाहेक पूर्ण लोकतान्त्रिक अभ्यासद्वारा नेतृत्वको हस्तान्तरण र पुस्तान्तरणका लागि माओवादीमा महाधिवेशन गर्ने प्रचलन छैन ।

कार्यकर्ताको उपेक्षा र जनमतप्रति उदासिनता 
शान्ति प्रकृया यता थुप्रै माओवादी नेताहरू मन्त्री भए । दुई चार जनाबाहेक बाँकीले कार्यकर्ताको कुरा कहिल्यै सुनेनन् । सत्ताको अनुभूति मन्त्री र तिनको वरिपरिका दुई चार जना बाहेक कार्यकर्ताले कहिल्यै गरेनन् । सत्ता पाउँदा के फाइदा हुन्छ र गुम्दा के नोक्सान हुन्छ भन्ने कुरा माओवादीको भुँइ तहका कार्यकर्तालाई थाहै छैन ।

हेर्दाहेर्दै आँखा तिरमिराउने विचित्र त के छ भने एक दशक अघि सिंगो देश नै माओवादीमयजस्तो थियो ।  अहिले पार्टी अध्यक्ष प्रचण्ड निर्वाचनमा जीत सुनिश्चित हुने निर्वाचन क्षेत्र खोजी गर्नुपर्ने अवस्थामा पुगे । पार्टीको कमाण्ड समाल्ने जिम्मेवारी पाएका महासचिव देव गुरूङ आफैँ पराजित भए । समकालीन महिला पंक्तिमा आशा र भरोसा गरिएकी माओवादी नेतृ पम्फा भुसाल र एकपटक सभामुखजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाली सकेकी ओनसरी घर्तिको लज्जास्पद पराजयलाई माओवादी पार्टीले स्वभाविक जीत–हारकारूपमा लियो भने यस पार्टीको शीघ्र ओरालो यात्रालाई संसारको कुनै शक्तिले रोक्न सक्ने छैन । सिंगो मधेशको आशाका केन्द्र र माओवादीको भरोसाका खम्बा मातृका यादवले आफ्नो गृह क्षेत्रमै चुनावी परिणाम पक्षमा पार्न सकेनन् ।

महोत्तरीको सदाबहार स्थायी सीट माओवादीमा गिरिराजमणि पोख्रेलको पकड र प्रभावमा रहेको मानिन्थ्यो । नारायणकाजी समूहको शान र विरासत पनि त्यही एउटा सीट हो । त्यो  पनि यसपटक माओवादीको हातबाट गुम्यो र गिरिराजमणिजस्ता अनुभवी नेता संसद् बाहिर रहनुपर्नेभयो । सिंगो सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभामा आफ्नो एउटा सीट पनि सुरक्षित गर्न सकेन । कर्णाली प्रदेशबाहेक देशभर माओवादी रक्षात्मक अवस्थामा खुम्चियो । पार्टीभित्र यसको समीक्षा होला नै ।

पार्टीको यस शर्मनाक पराजयको जवाफदेही माओवादीका प्रभावशाली नेता वर्षमान पुन र जनार्दन शर्माले लिनुपर्ने छैन । दुवै आफ्नो क्षेत्रमा शानदार मतान्तरले निर्वाचित भएका छन् । जनार्दन गएका चारवटै निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा छन् । माओवादी पार्टीको लोकप्रियता लगातार ओरालो लागिरहँदा जनार्दनको व्यक्तिगत लोकप्रियतालाई भने मत परिणामले लगातार उकालो चढाएको छ ।  

पत्नीलाई टिकट दिलाएर जिताउन नसकेको र निर्वाचन क्षेत्र निर्धारणदेखि टिकट वितरणसम्म हाबी भएकाले वर्षमानले पनि यस नतिजाको सामान्यतया नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने चाहना उनको काउन्टरपार्ट नेताहरूलाई हुनसक्छ । तर, औपचारिकरूपमा प्रचण्डको सेकेण्डम्यानका रूपमा यसको नैतिक जिम्मेवारी भने महासचिव देव गुरूङकै हुनेछ । माओवादीमा नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने प्रचलन नभएकाले सायद महासचिव गुरूङले त्यस विषयमा कल्पनासम्म गरेका छैनन् होला । इतिहासमा आउने संवेदनशील घडीमा नैतिक जिम्मेवारी लिने प्रचलन नभएकै कारण जनताले माओवादी पार्टीलाई निर्मम र एकलकाटेकारूपमा व्याख्या गर्ने गर्छन् ।

निर्वाचनको निराशाजनक परिणामले अध्यक्ष प्रचण्डलाई संगठन हेरफेरको व्यापक दबाब त पर्नसक्छ । तर, उनले त्यसलाई कति अनुभूति गर्छन् थाहा छैन । सामान्यतया एउटा अनुमान के गर्न सकिन्छ भने उनले निर्वाचनको पराजयलाई नेतृत्वपंक्ति र संगठनको नैतिक जिम्मेवारी हो भन्ने कुरालाई गौण बनाउने छन् र गठबन्धनको निरन्तरता वा ब्रेकको सवाललाई पेचिलो बनाउने छन् । संगठनको विषयलाई थाँती राखेर सरकारको विषयलाई प्रमुख बनाउँदा पनि उनका अगाडि केही गम्भीर प्रश्नहरू बाँकी रहनेछन् । सरकारमा जाने भए बोल्ड निर्णय लिनसक्ने मन्त्री र सरकारको सेवालाई जनतासम्म पुर्‍याउनसक्ने कार्यकर्ताको पंक्ति छनोट गर्नैपर्नेछ ।

प्रतिपक्षमा रहनुपर्ने अवस्था आए जनताका आवाजलाई सडकबाटै उठाएर कार्यान्वयन गराउन बाध्य पार्ने प्रभावशाली नेता कार्यकर्ताको खाँचो हुनेछ । प्रतिपक्षमा रहने भए पार्टी संगठनमा व्यापक हेरफेर गर्नुपर्ने हुनसक्छ र सरकारमा जाने भए जनपक्षीय निर्णय लिनसक्ने र लगातार जनताद्वारा अनुमोदित नेताहरू छनोट गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा अन्तरपार्टी सुधार जसरी पनि अबको मूल एजेण्डा नबनाई सुख छैन ।

(जलजला विद्रोही सशस्त्र जनयुद्धमा सहभागी भएका माओवादी कार्यकर्ता हुन्)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x