०४ साउन २०८३, सोमबार

गोल्डेन ओकको कमेडी यात्रा : हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरमा

मंसिर १४, २०७९
गोल्डेन ओकको कमेडी यात्रा : हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरमा

नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले फेरि ‘गोल्डेन ओक कमेडी यात्रा’ कार्यक्रम गर्ने भएको छ । गोल्डेन ओकले यस्तै कमेडी यात्रा साउन महिनामा विर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलतापूर्वक सम्पन्न गरेको थियो । उक्त कमेडी यात्रामा पाएको मायाले गर्दा यो कमेडी यात्रालाई गाइघाटमा यही मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते आयोजना गरिने भएको छ । 

गोल्डेन ओकले मंसिर १५ गतेदेखि गर्न लागेको कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले आफ्ना प्रस्तुति दिनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्