माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
बुटवल | मंसिर १४, २०७९
रूपन्देही–१ मा प्रतिनिधि सभातर्फ एमालेका सचिव छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल मुख्य प्रतिष्पर्धी ठानिएका थिए । सुरूआती चरणमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनिराम चौधरीले अप्रत्यासित अग्रता लिएपछि रूपन्देहीभर चर्चा भयो । शुरूमै विश्वकर्मा र भुसाललाई झड्का दिने गरी मत आएपछि त्यसले धेरैको ध्यान खिच्यो । ‘रूपन्देही–१ मा ढकिया चुनाव चिन्ह रहेको कुन पार्टी हो’, भन्ने प्रश्न धेरैको मुखबाट सुनिन्थे ।
२५ हजार मत ल्याएर विश्वकर्माले जित निकाल्दा बुटवलसँग जोडिएको शहरी क्षेत्रबाट चौधरीले १४ हजार मत ल्याए । कैलाली टिकापुर घटनाको रापतापबाट जन्मिएको पार्टीले रूपन्देहीमा पनि सशक्त उपस्थिति बनाइसकेको ठूला राजनीतिक दलहरू मत गन्न थालेपछि मात्रै बल्ल चाल पाए । मतपरिणाममा चुनावअघि कल्पना नै नगरेको पार्टीले अग्रता लिँदा आफूहरू आश्चर्यमा परेको एमाले देवदहका नेता यम राना बताउँछन् ।
‘चुनावी अभियानमा कही नदेखिएको ढकिया (चुनाव चिन्ह) ले छविलाल र घनश्यामलाई उछिनेर अग्रता ल्याउँदा हामी त ‘सक’ भयौँ’, राना भन्छन, ‘नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले कांग्रेस एमालेका थारू समुदायमा राम्रो प्रभाव पारेका रहेछन् । क्षेत्र नम्बर ३ मा घर भएका उनी यहाँ आएर ठूलो बेस बसालिसक्नु ठूला दलका लागि चुनौती खडा गर्नु हो ।’ धनीराम सियारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा एमाले नेता अयोध्या थारूका सहोदर भाइ हुन् ।
नेकपा माओवादी केन्द्रले आफ्नो ‘किल्ला’ ठान्दै आएको बर्दिया–२ मा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार सुरेश पन्तलाई पराजित गरी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय सल्लाहकार लालवीर चौधरी विजयी भए । २६ हजार मतसहित विजयी हुँदा लालवीर कुनै पनि बेला कमजोर देखिएनन् ।
राजबन्दीमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि लालवीरले स्वतन्त्र उम्मेदवारी दिई गठबन्धनका पन्त र एमालेका पंकजसिंह राठोरलाई पराजित गरे । बर्दिया–१ मा पनि त्रिपक्षीय प्रतिष्पर्धामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूले २३ हजार ९९३ मत ल्याएका छन् । पूर्वपत्रकार समेत रहेका ठाकुर केही समय अगाडि मात्र उक्त पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका थिए ।
बर्दिया–१ (२) मा नागरिक उन्मुक्तिकै १३ हजार २३० मत सहित राजकुमार चौधरी विजयले विजयी भए । बर्दिया–२ (२) मा पनि नागरिक उन्मुक्ति पार्टीकै धर्मबहादुर चौधरी १० हजार फरक मतान्तरले २० हजार १२७ मतका साथ विजयी भए । बाँके–१ मा पनि नागरिक उन्मुक्तिका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मतसहित एमाले र सत्ता गठबन्धनलाई कडा चुनौती दिए । दाङ–१ मा सुरेन्द्र चौधरीले ८ हजार मतसहित तेस्रो स्थानमा रहे ।
कपिलवस्तु, पश्चिम नवलपरासीमा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरूले सन्तोषजनक मत ल्याएका छन् । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा गरी ३ सांसद र समानुपातिकतर्फ १ लाख १९ हजार १७५ मत ल्याएको छ । जुन लुम्बिनी प्रदेश सभामा पाँँचौँ स्थानमा रहेको मत हो । बर्दियामा प्रत्यक्ष र समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य ठाकुरसिंह थारूले आफूहरूले अगाडि सारेको पहिचानको मुद्दाले जनतालाई आकर्षित भएको बताए । ‘ठूला भनिएका दलले पहिचानमा मुद्दा उठाउन सिकाए, बीचैमा छाडे’ थारूले लोकान्तरसँग भने, ‘जातीय, भौगोलिक, वर्गीय र सामाजिक पहिचानका विषयमा हामीले अगाडि सारेको मुद्दाबाटै लुम्बिनी यतिको शक्ति आर्जन गरेका छौँ । आउने पाँच वर्षपछि हामी प्रदेश सभा सरकार गठन गर्न सक्ने अवस्थामा पुग्छौँ । संघमा धेरै क्षेत्र जित्छौँ ।’
रूपन्देही–५ (२) बाट सिके राउत नेतृत्वको जनमत पार्टीका युवा नेता चन्द्रकेस गुप्ताले कांग्रेसका निर्वतमान संसदीय दलका प्रमुख सचेतक फकरुद्दीन खानलाई पराजित गर्दै प्रदेश सभामा चुनिए । रूपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता तथा राजनीतिक खेलाडी जित्दा जनमतका उम्मेदवार भोपेन्द्र यादवले १५ हजार पाँच सयभन्दा बढी मत ल्याए । जनमतका उम्मेदवारहरूले रुपन्देही, कपिलवस्तु ३, दाङ–१ र बाँकेका तीन वटै क्षेत्रमा आफ्नो संगठन मजबुत भएको सन्देश दिने गरी मत ल्याएका छन् । जनमतले लुम्बिनीमा समानुपातिकतर्फ ८१ हजार ४०६ मत ल्याएको छ । जुन मत जनता समाजवादी पार्टी (जसपा)को भन्दा २० हजारभन्दा बढी हो ।
कुनै बेला ‘मधेशलाई नेपालबाट अलग्याएर छुट्टै मधेश देश बनाउने’ भन्दै पृथकतावादी आन्दोलन चलाइरहेका डा. चन्द्रकान्त राउत (सिके) २०७५ यता शान्तिपूर्ण राजनीतिमा छन् । २४ फागुन ०७५ मा सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको उद्घोष गरेका राउतले गत स्थानीय चुनावमा भाग लिए । राउतको गृहजिल्ला सप्तरीका दुईवटा स्थानीय तहमा जनमत पार्टी विजयी भएको थियो । अहिले प्रतिनिधि सभा निर्वाचनमा मधेश प्रदेशमा बलियो शक्तिका रूपमा उदाउँदै लुम्बिनी प्रदेशमा समेत जीत निकालेर आफ्नो शक्तिलाई विस्तार गरिरहेका छन् ।
जनतम पार्टीका रूपन्देही नेता रामदेव यादवले जनतालाई दूरगामी परिणाम दिने गरी पार्टी अगाडि बढेको दाबी गर्छन् । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भएको शोषण र अन्यायविरुद्धको आन्दोलनको नेतृत्व जनमतले लिइरहेको छ’, यादव भन्छन, ‘जनताले नयाँ रणनीतिक विकल्प खोजेका छन्, त्यो विकल्प हामी हौँ ।’ उनले युवामात्र नभई कांग्रेसका क्रियाशील सदस्य र एमालेका संगठित सदस्यहरू आफूहरूको पार्टीमा आउने लहर आएको दाबी समेत गरे ।
मधेशी विश्लेषक तुलानाराण शाहले अहिले नागरिक उन्मुक्ति पार्टीको जीतले मधेश विद्रोहलाई व्यालेटमार्फत अनुमोदन गरेको दाबी गर्छन् । ‘राज्यले थारु विद्रोहलाई दमन गरेको थियो’ शाहले लोकान्तरसँग भने, ‘पश्चिम तराईमा जुन जीत निकालेको छ त्यो थारु विद्रोहको जनमतबाट अनुमोदन हो । जनमत पार्टीले भाग लिएको पहिलो निर्वाचनमा निकालेको जीतलाई मधेशी दलको मनपरीतन्त्रलाई सच्चिन दिएको पूर्वसंकेत पनि हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण...
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्व र सरकार सञ्चालनमा प्रमुख राजनीतिक दलबीच सहमतिको विकल्प नभएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट ग...
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ। हिजो बिहीबार अपरान्ह बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्तव्यसँगै सकिएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा...
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्य...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...