२१ असार २०८३, आइतबार

बाबुआमा बन्दै अर्जुन र दुर्गा

मंसिर १५, २०७९
बाबुआमा बन्दै अर्जुन र दुर्गा

चर्चित सांगीतिक जोडी संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बाबुआमा बन्ने भएका छन् । 

अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको खुशी ब्यक्त गरेका छन् । उनले पत्नी दुर्गाको तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘तिमीभित्र हाम्रो खुसी फूल्दैछ पियारी ।’ 

अर्जुनको उक्त पोष्टमा गायक प्रमोद खरेलदेखि अभिनेत्री पूजा शर्मासम्मले बधाई दिएका छन् । अर्जुन र दुर्गाले अढाई वर्षअघि आफूहरूको केही वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । अर्जुन नेपाली सांगीतिक क्षेत्रका निकै चर्चित संगीतकार हुन् । 

दुर्गाका पनि ‘सुन्छु तिमीले मलाई’, ‘त्यो काले काले केटाले’ लगायतका थुप्रै गीतहरु स्रोता÷दर्शकसामु चर्चित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्