
स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
बिहीवार दिउँसो २ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ४७८ मतको अग्रता बनाएका हुन् ।
धनराजले ५ हजार ९८७ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले ४ हजार ५०३ मत पाएकी छन् ।
निर्वाचन सम्पन्न भएको डेढ सातापछि मात्र गणना शुरू भएको हो ।
बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग राखेर एमालेले गणनामा अवरोध गर्दै आएको थियो ।
निर्वाचन आयोगले तत्काल गणना शुरू गर्न बुधवार निर्देशन दिएपछि बिहीवार बिहानदेखि मत गन्न शुरू भएको हो ।