
प्रतिनिधि सभातर्फ स्याङ्या २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २ हजार बढीको मतान्तर बनाएका छन् । बिहीवारदेखि शुरु भएको मत गणनाको पछिल्लो परिणामअनुसार उनले नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग २ हजार ७ मतको अन्तर बनाएका हुन् ।
जारी मत गणनाको पछिल्लो परिणामअनुसार गुरुङले ७ हजार ४७६ मत प्राप्त गरेका छन् । एमालेकी अर्यालले ५ हजार ४६९ मत पाएकी छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् । अन्य उम्मेदवारले १ हजार मत कटाउन सकेका छैनन् ।
निर्वाचन सम्पन्न भएको डेढ सातापछि मात्र गणना शुरू भएको छ । बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग राखेर एमालेले गणनामा अवरोध गर्दै आएको थियो ।
निर्वाचन आयोगले तत्काल गणना शुरू गर्न बुधवार निर्देशन दिएपछि बिहीवार बिहानदेखि मत गन्न शुरू भएको हो ।