२८ जेठ २०८३, बिहीबार

कर्पोरेट हाउसदेखि ठूला पूर्वाधारसम्मलाई बीटुबीमा सेवा दिइरहेका छौँ

मंसिर १५, २०७९
कर्पोरेट हाउसदेखि ठूला पूर्वाधारसम्मलाई बीटुबीमा सेवा दिइरहेका छौँ
  • सुरेश आचार्य, बीटुबी म्यानेजर, सीजी इलेक्ट्रोनिक्स

सिधै बिजनेश गर्ने गरी चौधरी ग्रुपअन्तर्गत सीजी बीटुबीमार्फत सेवा दिइरहेका छौँ । कुनै होटल निर्माण हुँदैछ भने त्यसलाई कुनै पनि च्यानल नराखी एसी, हिटर, टीभी, फ्रिजसहितको जति पनि घरायसी सामग्री छन् ति सबै सामान सिधै उपलब्ध गराउने काम गरिरहेका छौँ ।

बीटुबी सेल्स सिधै कर्पोरेट हाउसँग हुन्छ । विभिन्न प्रकारका उद्योग, कलकारखाना, होटलसहितका क्षेत्रमा चौधरी ग्रुपले आफ्ना उत्पादन सिधै बिक्री गर्ने गरेको छ । बीटुबीमा दुवैलाई एक–अर्काको आवश्यकता परिरहेको हुन्छ । चौधरी ग्रुपलाई विभिन्न कर्पोरेट हाउस तथा होटलको आवश्यकता पर्छ भने उनीहरूलाई हाम्रा समानको आवश्यकता हुन्छ । त्यसैले बीचमा कुनै पनि डिलर, सब–डिलरलाई दिने कमिशन नराखी चौधरी ग्रूपबाट रिलेसनसीपको आधारमा गरिने बिजनेश भएकोले सस्तो पनि पर्छ जान्छ ।

जसले गर्दा सम्बन्धित बीटुबी बिजनेश गर्नेलाई लाभ हुने र चौधरी ग्रुपको पनि बिजनेश हुने गरेको छ । उदाहरणको लागि कुनै सभा हल बनिरहेको छ भने त्यहाँ करोडौंको एसी लाग्न सक्छ । त्यो सभा हलले आफूलाई आवश्यक पर्ने घरायसी सामान लिन कहीँ भौतारिनु पर्दैन हामीसँग जोडिएपछि त्यसको पूर्ति चौधरी ग्रुपले गर्छ ।

कतिपय अवस्थामा सम्बन्धित क्षेत्रलाई मात्रै काम लाग्ने सामानको प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो सामान उसैको लागि भनेर व्यवस्था गरिदिनुपर्ने हुन्छ । त्यो काम बीटुबी अन्तर्गत हामीले गर्छौँ । आइसल्याण्ड रेफ्रिजेरेटर भन्ने एउटा मेडिकल फ्रिज हुन्छ । त्यो हस्पिटल, क्लिनिक, ल्याब, नगरपालिकाको, हेल्थपोस्टसहितलाई मात्रै काम लाग्छ । त्यसको लागि हामीले सिधै सेवा दिने गरेका छौँ ।

स्कुल कलेजले मात्रै लिने इन्टरएक्टिभ बोर्डको सेवा दिने गरिएको छ । यो सेवा हामीले कोर बीटुबीमार्फत दिने गरिएको छ । यस्तो प्रडक्टलाई हामीले प्राथमिकताका साथ सेवा दिने गरेका छौँ ।

जति होटल, संस्थाहरू, एनजीओ आईएनजीओसहितको संस्था बढ्दा हाम्रो बीटुबी सेग्मेन्टबाट बढी काम हुन्छ । यसबाट सामान लिन उनीहरूलाई प्राइसमा बेनिफिट हुन्छ भने हामीलाई पनि बिजनेशमा लाभ हुन्छ । सम्बन्धित संस्थाले हाम्रो सामानलाई स्कीममा राखेर पनि बेच्ने गरेका छन् । 

(सीजी इलेक्ट्रोनिक्स बीटुबी म्यानेजर सुरेश आचार्यसँगको कुराकानीमा आधारित)

salt training

कमेन्ट गर्नुहोस्