२० असार २०८३, शनिबार

स्याङ्जा २ अपडेट : मतान्तर बढाउँदै कांग्रेस उपसभापति धनराज

मंसिर १५, २०७९
स्याङ्जा २ अपडेट : मतान्तर बढाउँदै कांग्रेस उपसभापति धनराज

प्रतिनिधि सभातर्फ स्याङ्या २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतान्तर बढाउँदै लगेका छन् । बिहीवारदेखि शुरु भएको मत गणनाको पछिल्लो परिणामअनुसार उनले नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग २ हजार ४४ मतको अन्तर बनाएका हुन् । 

जारी मत गणनाको पछिल्लो परिणामअनुसार गुरुङले ७ हजार ९०७ मत प्राप्त गरेका छन् । एमालेकी अर्यालले ५ हजार ८६३ मत पाएकी छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ८२८ मत पाएका छन् । 

निर्वाचन सम्पन्न भएको डेढ सातापछि मात्र गणना शुरू भएको छ । बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग राखेर एमालेले गणनामा अवरोध गर्दै आएको थियो ।

निर्वाचन आयोगले तत्काल गणना शुरू गर्न बुधवार निर्देशन दिएपछि बिहीवार बिहानदेखि मत गन्न थालिएकाे हो ।

salt training

कमेन्ट गर्नुहोस्