१० साउन २०८३, आइतबार

प्रेमगीत ३ का निर्देशक सन्तोष सेनविरुद्ध उजुरी [पूर्णपाठ]

मंसिर १६, २०७९
प्रेमगीत ३ का निर्देशक सन्तोष सेनविरुद्ध उजुरी [पूर्णपाठ]

नेपाल र भारतसहित विश्वभर एकैसाथ रिलिज भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध उजुरी परेको छ । भारत सिक्किमका रामगोपाल राईले सेनले सम्झौताविपरीत डिजिटल राइटस् नदिई ठगी गरेको भन्दै चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् । 

उनले चलचित्रको हिन्दी डब तथा अन्य काममा सहयोग गरेको, चलचित्रको डिजिटल राइट्सका लागि सम्झौता गरी ३ करोड भारतीय रुपैयाँसमेत सेनलाई दिएकोमा सम्झौताविपरीतका कार्य भएकाले उक्त रकम फिर्ता गराइदिन उजुरी दिएको उल्लेख गरेका छन् । राईले संघमा दर्ता गराएको उजुरीमा सेनलाई आफूले दिल्लीमा डिजिटल राइट्सका लागि ३ करोड भारतीय रुपैयाँ दिएको, नेपालबाट सेनसहित नायक प्रदीप खड्का र ललित विष्टसमेत भारत जाँदाको प्लेन टिकटको पैसा समेत गरी कुल ४ करोड ८४ लाख ५० हजार रुपैयाँ असुल उपर गरिदिन माग गरेका छन् । 

चलचित्र रिलिज भएपछि सेनले आफूलाई भेट नदिएको, फोन नउठाएको र कहिलेकाही कुरा गर्दा पनि एक÷दुई दिन भन्दै टारेको राईले उल्लेख गरेका छन् । 

सेन संघका सदस्यसमेत हुन् । 

उजुरीकाे पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्