२३ असार २०८३, मंगलबार

जाडोमा तातोपानीले नुहाउनुका फाइदाभन्दा बेफाइदा बढी, कसरी अपनाउने सावधानी ?

मंसिर १७, २०७९
जाडोमा तातोपानीले नुहाउनुका फाइदाभन्दा बेफाइदा बढी, कसरी अपनाउने सावधानी ?

जाडो महिना लागेपछि लगभग सबैजना तातो पानीले नुहाउँछन् । 

चिसो मौसममा तातो पानीले नुहाउँदा फाइदा हुन्छ कि बेफाइदा ? यसको विषयमा धेरैलाई भ्रम छ । यहाँ हामी त्यसको चर्चा गर्नेछौं ।

फाइदा

तातो पानीले नुहाउँदा रक्तसञ्चार सहज हुन्छ । टाउको दुखेको ठीक हुन्छ र राम्रो निद्रा लाग्छ । 

शरीर र हाडहरूले आराम अनुभव गर्छन् । जोर्नीको समस्या भएकाहरूले तातो पानीले नुहाउँदा फाइदा हुन्छ । 

बेफाइदा

तातो पानीले नुहाउँदा कपाल र छालालाई क्षति हुन्छ । यसले कपाल र छालालाई सुक्खा बनाउँछ । 

कतिपय मानिसलाई तातो पानीले नुहाउँदा चिलाउने र दाग आउने समस्या पनि हुन्छ । 

तातो पानीले नुहाउँदा शरीरको प्राकृतिक तेल सुकेर एलर्जी र इन्फेक्सनको खतरा बढ्छ । 

यसरी नुहाउँदा पुरुषहरूको प्रजनन क्षमतामा पनि प्रभाव पार्छ भनिन्छ । 

अत्यधिक तातो नभई मनतातो पानीले नुहाउने गर्नुस् । 

पानीको तापक्रम ४५ डिग्रीभन्दा बढी हुनुहुँदैन । 

तातो पानीमा आधा घन्टाभन्दा बढी ननुहाउनुस् । 

बच्चाहरूलाई तातो पानीमा नुहाउँदा तापक्रम ३८ डिग्रीभन्दा बढी हुनुहुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्