२२ जेठ २०८३, शुक्रबार

भक्कानिएर राेइन् रामकुमारी झाक्रीलाई भाेट हाल्ने युवती

मंसिर १८, २०७९
भक्कानिएर राेइन् रामकुमारी झाक्रीलाई भाेट हाल्ने युवती

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले आफू निर्वाचनमा पराजित हुँदा मतदातालाई धेरै पीडा भएको उल्लेख गरेकी छन् । आफू समर्थकहरूसँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै उनले चुनाव सामुहिक प्रयास भएको पनि उल्लेख गरेकी छन् । 

उनी गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेटघाटमा रहेकी उनले आफूलाई मतदान गर्ने मतदाताहरू पीडाले भक्कानिएर रुने गरेको उल्लेख गरेकी छन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आफ्नो जिन्दगीकै पहिलो पटक भोट हाल्ने  मतदाता हुन यि बहिनी, उनले हाम्रो लागि मतदान गरेकी थिइन । हामीलाई टिका र माला लगाइदिँदै गर्दा भक्कानिएर रोइन, यिनै र यस्तै मतदातालाई सम्झेर म गाउँतिरै छु । चुनाव सामुहिक प्रयास हो । उम्मेद्वारलाई भन्दा धेरै मतदातालाई पीडा छ, यो हामीले राम्रोसँग बुझेका छौँ ।’


 

salt training

कमेन्ट गर्नुहोस्