२२ असार २०८३, सोमबार

गंगालाल अस्पतालमा भयो २० हजार मुटुको शल्यक्रिया

मंसिर १९, २०७९
गंगालाल अस्पतालमा भयो २० हजार मुटुको शल्यक्रिया

काठमाडौंमा रहेको शहीद गंगालाल हृदय केन्द्रले २० हजार व्यक्तिको मुटुको शल्यक्रिया सम्पन्न गरेको छ । २० हजार मुटुको शल्यक्रिया गरिएको अवसरमा सोमवार अस्पतालमा एक समारोहबीच केक काटिएको छ । मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले केक काटेको तस्वीर सार्वजनिक गर्दै २० हजारको शल्यक्रिया सम्पन्न भएको लेखेका छन् । 

डा. भगवान कोइरालाले मुटुको शल्यक्रियाको शुरुवात गरेका थिए । गंगालालमा मुटुको शल्यक्रिया शुरु गरेपछि नेपालीहरू मुटुको उपचारका लागि विदेश जाने क्रम रोकिएको छ । डा. अरुण शायमीको अध्यक्षताामा सन् १९९५ मा गंगालाल अस्पतालको स्थापना भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्