२१ असार २०८३, आइतबार

बागमती प्रदेशमा डेंगुको संख्या ४२ हजारभन्दा बढी पुग्यो

मंसिर १९, २०७९
बागमती प्रदेशमा डेंगुको संख्या ४२ हजारभन्दा बढी पुग्यो

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगुबाट संक्रमितको संख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौं जिल्लामा ११ हजार एक सय २७ डेंगुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेंगुका संक्रमित फेला परेको बताइएको छ । 

डेंगुको संक्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा  पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको बताइएको छ । काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन÷तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई÷दुई र धादिङका एक÷एक जनाको मृत्यु भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्