माघ १९, २०७९
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
काठमाडाैं | मंसिर २०, २०७९
राजधानी काठमाडौंको धुम्बाराहीमा आइतवार साँझ एक दर्दनाक घटना घट्यो ।
लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरकी युवती समसाँझै एक घरको गेटमा आगोले दनदनी बलिरहेकी थिइन् । सो घरमा परिवारका सदस्यहरू भित्रै थिए ।
घटना उनीहरूकै आँखा अगाडि घट्यो । तर न उनीहरूले ती युवतीलाई बचाउन आगो निभाउने प्रयास गरे, न प्रहरीलाई खबर गरे, न त समयमा अस्पताल लैजान नै भूमिका खेले ।
गेटसँगै भित्री सडक छ । बाहिरबाट घटना देखेका कसैले प्रहरीलाई खबर गरिदियो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली हतारहतार घटनास्थलमा पुग्यो ।
त्यहाँ पुग्दा युवतीको शरीरको ७० प्रतिशत भाग जलिसकेको थियो । ‘हामी पुग्दा शरीरमा आगो बल्न छाडेको थियो र धुवाँ मात्र आइरहेको थियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।
जलेर गम्भीर अवस्थामा रहेकी ती युवतीलाई प्रहरीले तुरुन्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठायो । त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरियो ।
कीर्तिपुरमै सोमवार बिहान उनको निधन भयो ।
.....
नाम : पुष्पा न्यौपाने
उमेर : २७ वर्ष ।
घर : बानेश्वर (पुर्ख्यौली : नुवाकोट) ।
अध्ययन : एमबीए पूरा ।
पुष्पा राजधानी काठमाडौंमा राम्रै बिजनेस स्टाटस बनएको परिवारकी छोरी हुन् । परिवारमा उनको विवाहको तयारी चलिरहेको थियो ।
पुष्पाको विवाह काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीस्थित दिनेश संग्रौलाका छोरा २९ वर्षीय सुधन संग्रौलासँग गर्ने गरी गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो ।
झापा पुर्ख्यौली थलो रहेको संग्रौला परिवार पनि व्यावसायिक पृष्ठभूमिकै हो । उनीहरूले चीनबाट बालबच्चाका कपडा आयात गरी बिक्री वितरण गर्दै आएका छन् । न्युरोडमा हेलसेल पसल छ ।
कहिले चीन त कहिले नेपालमा बस्ने उनीहरू केही समययता नेपालमै थिए ।
दुवै परिवारको व्यावसायिक पृष्ठभूमि भएकाले पारिवारिक रूपमै आउजाउ हुन्थ्यो । संग्रौला परिवारले छोरी भन्दै पुष्पालाई घरमै बोलाउँथे । परिवारसँगै घुमघाम गर्थे ।
सबै कुरा राम्रै चलिरहेको थियो । घटनाको एकदिन अगाडि शनिवार संग्रौला परिवार पुष्पाको बानेश्वरस्थित घरमा पुग्यो । उनीहरूले इन्गेजमेन्टको समयमा धार्मिक विधि पूरा गरेर पाएको जनैसुपारी, दक्षिणा र गरगहना फिर्ता गरेर विवाह क्यान्सिल गरेको जानकारी गराए ।
घटनाले पुष्पालाई स्वाभाविक रूपमा मानसिक तनाव दियो । तर, उनले यसलाई सहर्ष स्वीकारेर अघि बढ्न सहमति जनाएको परिवारका सदस्यहरू बताउँछन् ।
.....
त्यो दिन यत्तिकै बित्यो ।
भोलिपल्ट आइतवार साँझ पुष्पाका बुवालाई सुधनका बुवा दिनेशको फोन आयो ।
उनले फोनमा सोधे– छोरी कहाँ छ ?
पुष्पाका बुवाले जवाफ फर्काए– म बाहिर छु । घरमै होला ।
त्यसपछि दिनेशले भने– यहाँ पुष्पाजस्तै एउटा केटीले शरीरमा आगो लगाउँदैछ ।
उक्त कुरा सुनेर छाँगाबाट खसेजस्तै भएका पुष्पाका बुवाले ‘जो भए पनि बचाउनुस्, म आइहाल्छु’ भन्ने जवाफ दिए र तत्कालै घटना भएको भनिएको ठाउँतिर प्रस्थान गरे ।
त्यसको केही मिनेटपछि अर्थात् ७ बजेर २१ मिनेट जाँदा दिनेशले पुष्पाका काकालाई फोन गरे– ‘यहाँ हाम्रो गेटमा पुष्पाजस्तै एउटा केटी आगोले दनदनी बलिरहेको छ । छिटो आउनुपर्यो ।’
उक्त कुराले झसंग भएका पुष्पाका काकाले पनि ‘जो भए पनि तुरुन्त अस्पताल पठाइहाल्नुस् । म आइहाल्छु’ भन्ने जवाफ दिए । दिनेशले पुष्पाको उद्धार गर्न र अस्पताल पठाउन इन्कार गरे, ‘हामीले केही गर्न मिल्दैन । पुलिस आएर लैजान्छ ।’
यति बेलासम्म बाहिर कसैले प्रहरीलाई १०० नम्बरमा फोन गरिसकेको थियो । त्यसै एरियामा बस्ने प्रहरीका एक पूर्व अधिकारीले नै घटनाबारे जानकारी गराएको स्रोतले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली पुग्दा पुष्पाको शरीर जलिसकेको थियो ।
उनको बारेमा दिनेशको परिवार र आसपासका मानिसहरूसँग सोध्यो । अरूले त चिन्ने कुरा भएन, दिनेशको परिवारले समेत आफूहरूले नचिनेको बतायो ।
जबकि दिनेश आफैंले त्यसअघि नै पुष्पाका बुवा र काकालाई फोन गरेर जानकारी गराएका थिए ।
साँझको समय जाम पार गर्दै घटनास्थलतर्फ जाँदा परिवारका सदस्यले पुष्पालाई महाराजगञ्ज पठाइएको जानकारी पाए । त्यसपछि उनीहरू महाराजगञ्जतर्फ मोडिए ।
प्रहरीले घटनास्थलबाट एउटा सानो ब्याग र पुष्पाले प्रयोग गर्ने मोबाइल पनि भेटेको छ ।
प्रहरीले दिनेशको परिवारका चार सदस्य अन्दाजी ५७ वर्षीय दिनेश संग्रौला (बुवा), बिन्दु संग्रौला (आमा), वर्ष २९ का मधु संग्रैला र सोही उमेरका सुधन संग्रौला (दाजुभाइ)लाई नियन्त्रणमा लिएको थियो ।
आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुधनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन् ।
.....
सोमवार पुष्पाका काकाले सुधन, उनका दाइ मधु, बुवा दिनेश र आमा बिन्दुविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिएका छन् ।
यस घटनामा सुधन र उनको सिंगो परिवारको बदनियत पुष्टि हुने उनको दाबी छ ।
‘यहाँ पुष्पाले आफैं आगो लगायो कि लगाएन भन्ने कुरा समेत शंकाको घेरामा छ । यदि आफैं आगो लगाएको हो भने पनि उनीहरूले रमिता मात्र हेरेर बसेको देखिन्छ । सामान्य मानवीय नाताले हेर्दा पनि सकेसम्म आगो लगाउनै नदिनुपर्ने, आगो लगाइहाले पनि निभाउन प्रयास गर्नुपर्ने, प्रहरीलाई खबर गर्नुपर्ने, उद्धार गरेर अस्पताल पठाउनुपर्ने हो, यहाँ त्यस्तो केही भएको छैन, जुन निकै शंकास्पद् छ,’ पुष्पाका काकाले लोकान्तरसँग भने ।
पुष्पाको शरीर करीब २० मिनेटसम्म जलेको चिकित्सकहरूले बताएको उनले जानकारी दिए ।
‘कीर्तिपुर र शिक्षण अस्पताल दुवैका चिकित्सकाले त्यति शरीर जल्न पेट्रोल नै प्रयोग भए पनि कम्तीमा २० मिनेट लाग्छ भनेर भन्नुभएको छ । २० मिनेटसम्म कोही जिउँदै जलिराख्दा सामान्य मान्छेले कसरी हेरेर बस्न सक्छ ?’
यसबीचमा पुष्पाका बुवा र काकालाई फोन गरेर जानकारी गराउने व्यक्तिले प्रहरीलाई पुष्पाको पहिचान बताउन इन्कार गर्नु पनि शंकास्पद रहेको उनी बताउँछन् । तत्कालीन समयमा घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पनि त्यहाँ भेटिएका सबैले ती युवतीलाई चिन्दैनौं भनेको लोकान्तरसँग बताए ।
‘हामीलाई फोन गर्ने व्यक्तिले प्रहरीसँग चिन्दिनँ भनेर किन भन्यो ?’ उनले प्रश्न गरे ।
इन्गेजमेन्ट तोडेपछि सुधनले पुष्पालाई मानसिक तनाव र टर्चर समेत दिन थालेको उनको गुनासो छ ।
आरोपित छुटेपछि पीडित परिवार थप पीडामा
प्रहरीले मुख्य आरोपित सुधन संग्रौलालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जीसीले बताए ।
‘सुधनलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेका छौं । अन्य ३ जना रिहा भइसकेका छन्,’ जीसीले लोकान्तरसँग भने ।
घटनामा हरेक हिसाबले शंकास्पद देखिएका व्यक्तिहरूलाई छाडिएको भन्दै पुष्पाको परिवारका सदस्य चिन्तित बनेका छन् ।
‘उनीहरूको घरको गेटमा र आँखै अगाडि पुष्पा जलेको छ । यसबीचमा उनीहरूका हरेक गतिविधि शंकास्पद् देखिएका छन् । तर पनि ३ जना विनाअनुसन्धान छुट्नु चिन्ताको विषय हो,’ पुष्पाका अर्का काकाले लोकान्तरसँग भने, ‘यस विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरोस् ।’
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमन लगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा ब...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...