×

NMB BANK
NIC ASIA

जितु र साम्राज्ञीको फिल्म ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन मुम्बईमा

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रोडक्सनका कार्य भारतको मुम्बईमा गरिएको छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छबि बनाएकी साम्राज्ञीको पहिलो सहकार्य रहेको फिल्मलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।

Muktinath Bank

रोमान्टिक, कमेडी जनरामा निर्माण भएको फिल्मले माघ २० गतेलाई प्रदर्शन मिति तोकेको छ ।  रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा फिल्मको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड सिनेमाको सम्पादन गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा पर्याप्त प्रोडक्सन स्टुडियो भए पनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजाल बताउँछन् । ‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईमा काम गर्दा टेक्निकल रूपमा सजिलो हुने बताउँछन् । साथै प्राइम स्टुडियोका कर्मचारीहरूले दिएको सम्मान र कामप्रतिको लगावले आफूलाई प्रभावित बनाएको उनले बताए । 

Vianet communication
Laxmi Bank

फिल्मका छायांकार सुदीप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रूपमा फिल्म अब्बल हुनेमा विश्वस्त छन् ।

‘नेपालमा हामीले सीमित स्क्रिनमा हेरेर डीआईको काम गर्नुपर्छ । यहाँ सम्पादन गर्दा हलको रेजुलेशनमा कस्तो दृश्य देखिन्छ भन्ने कुरा देख्न पाइन्थेन । मुम्बईमा भने हलको प्रोजेक्सनकै लेभलको स्क्रिनमा सम्पादन गर्न पाउँदा डिटेलिङमा देखिन्छ । नेपालमा प्रायः हलहरूमा टुके प्रोजेक्सन हुन्छ भने यहाँ हामीले फोरकेमा सम्पादन गरिरहेका छौँ’, छायांकार सुदीप बरालले मुम्बईको कामले नेपालमा पनि प्राविधिक शिक्षा अझ विस्तार हुने आशा बोकेका छन् ।

फिल्म सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली फिल्मलाई दिएको माया र सम्मानको कदर गर्छन् ।

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिंघम’ जस्ता बलिउडका चर्चित फिल्ममा साउण्ड मिक्सिङको काम गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गरिरहेका छन् । 

पहिलो पटक नेपाली फिल्ममा कलरको काम गरेका प्राइम स्टुडियोका सिनियर कलरिस्ट मनोज बर्मा नयाँ अनुभव प्राप्त गर्न पाएको बताउँछन् । साथै उनी नेपाली फिल्मलाई बलिउड जतिकै प्राथमिकता राखेर काम अगाडि बढाएको बताउँछन् । उनका अनुसार ‘ह्यारी कि प्यारी’मा बलिउड फिल्म ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको छ ।

स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफूहरूले राम्रो काम दिने र समय मै फिल्मको काम सकाउने बताउँछन । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी फिल्मको काम गरेका छन् । फिल्मको लागि ब्याकग्राउण्ड म्युजिसियनको काम गरेका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए । 

‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल कै प्रस्तुतिमा निर्माण भइरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x