पुष २९ गतेदेखि प्रदर्शनमा आउने साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को अर्को एउटा गीत सार्वजनिक गरिएको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश ‘जोश छ जवानीको’को बोलको गीत सार्वजनिक गरिएको हो । फिल्मका निर्माता एवं निर्देशक रमेश एमके पौडेलले रचना गरेको यस गीतमा योगेश काजी शाह र सारिका केसीको स्वर सुन्न सकिन्छ । योगेश काजीकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
रामजी लामिछानेको कोरियोग्राफीमा तयार भिडियोमा फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का फिचर्ड छन् । साथमा सन्दिप क्षेत्रीलाई समेत भिडियोमा प्रस्तुत गरिएको छ ।
पासाङ लामा, आर्यन पौडेल र अर्णव पौडेल निर्माता रहेको फिल्ममा सबिर श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्ममा सबिर र बाबुराम निरौलाको स्क्रिप्ट छ ।
सरोज खनाल, एमिली लामा, दिपिशा केसी, खड्का बि. पुन लगायतको समेत फिल्ममा अभिनय छ ।
यसअघि सार्वजनिक यस फिल्मको ‘रुमालै बाटेर टाइ बनाम’ बोलको गीतले स्रोता दर्शकसामु राम्रै चर्चा पाएको थियो ।