२२ असार २०८३, सोमबार

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

मंसिर २२, २०७९
आँखा शिविरमा निःशुल्क शल्यक्रिया
प्रतिकात्मक तस्वीर

ताप्लेजुङमा बिहीवार सम्पन्न ३ दिने निःशुल्क शल्यक्रिया सहितको आँखा शिविरमा १०८ जनाको शल्यक्रिया भएको छ ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउन्डेसन काठमाडौंको आयोजनामा सञ्चालित शिविरमा ९३ जनाको मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको छ । 

सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुम लगायत गरी ५१४ जनाले परीक्षणसहित उपचार सेवा लिएका छन् । शिविरमा चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लगाइएको थियो ।

शल्यक्रिया र औषधि निःशुल्क प्रदान गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्दका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए ।

उनका अनुसार शिविर सञ्चालनका लागि मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग रहेको र लायन्स क्लब आफ काठमाडौं हाम्रो रूपान्तरणले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । समय समयमा यहाँ आयोजना हुने आँखा शिविरले पूर्वी पहाडी जिल्लामा रहेका आँखाका बिरामीलाई फाइदा पुग्ने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्