माघ १५, २०७९
वरिष्ठ अभिनेता हरिवंश आचार्य र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारबीच सांगीतिक सहकार्य भएको छ । यी दुईको स्वरमा एउटा गीत रेकर्ड भइसकेको छ । ‘काउली’बोलको उक्...
फ्राइडे रिलिज अन्तर्गत यस साता एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आज (शुक्रवार) ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ एकसाथ रिलिज भएका हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई फिल्म रिलिज भएका हुन् । ‘महापुरुष’पछि कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा प्रदर्शनमा आएका यी फिल्महरु अलग–अलग जनराका छन् ।
एक्सन जनराको ‘सोल अफ द कमाण्डो’
‘सोल अफ द कमाण्डो’ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित फिल्म हो । उनी २४ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा पुनरागमन गरको हुन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’पछि उनी पर्दामा देखिएका थिएनन् ।
युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा कमला खापुङ लिम्बू, शेषुका राई, मिलन राई, रवी थापा, अन्जेल राई, शिशिर वाङदेल, नरेन खड्का लगायतको पनि अभिनय छ । मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्मको निर्मातामा मिलन राई, रवी थापा र धन बहादुर लिम्बू छन् । एक्सन जनरामा निर्माण भएको यो फिल्म २ घण्टा लामो छ ।
सामाजिक कथाको ‘डेसान’
कमल एक्चाई मगरको निर्देशनमा तयार ‘डेसान’ सामाजिक कथामा निर्माण भएको फिल्म हो । फिल्ममा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी लगायतको मुख्य भूमिका छ ।
कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्माण भएको हो । २ घण्टा १० मिनेट लामो फिल्मले पारिवारिक सम्बन्ध, प्रेममा असहमति र सामाजिक न्यायका विषयहरू प्रस्तुत गर्ने बताइएको छ ।
फिल्मलाई दर्शकले रुचाउने निर्माण टिमको अपेक्षा छ ।
वरिष्ठ अभिनेता हरिवंश आचार्य र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारबीच सांगीतिक सहकार्य भएको छ । यी दुईको स्वरमा एउटा गीत रेकर्ड भइसकेको छ । ‘काउली’बोलको उक्...
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्य...
अभिनेता नाजिर हुसेनको नयाँ चलचित्र ‘गुलावी : एक रंग’को फस्टलुक पोष्टरलाई चलचित्रकर्मीहरुले तारिफ गरेका छन् । बिहीवार नाजिरलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको पोष्टरलाई थुप्रै चलचित्रकर्म...
अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २.०’को आधिकारिक टिजरले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । शुक्रवार सार्वजनिक टिजरले आइतवार बेलुकासम्म ५ लाख ८० हजार बढी भ्युज पाएको छ । १ मिनेट ४६ ...
आउँदो शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड र रोमान्टिक अवतारमा क्लबमा...
चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षपछि यसको सिक्वेल निर्माणको घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...