माघ १५, २०७९
नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ...
बाँके | मंसिर २३, २०७९
समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नुपरेको छ ।
शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन् ।
भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले ४ महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरूको पालो आएको छैन । भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमित रूपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन् । उनीहरूले पालो पाएका छैनन् ।
भेरीमा ४ वटा डायलासिस मशिन छन् । तीमध्ये एउटा आपतकालीन अवस्थामा र अरु ३ वटा नियमित रूपमा बिरामीका लागि प्रयोग गरिँदै आएको छ । गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताए ।
अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ । कोहलपुरमा मशिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा. श्रेष्ठको भनाइ छ । कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठ्यारो अवस्थामा पुगेकाहरू निजी तथा भेरीको आपतकालीन कक्षमा आएर सेवा लिन थालेका छन् ।
नियमित डायलासिस सेवा लिनेहरू भेरीमा लाइनमा बस्ने गरेका छन् । भेरीको ३ वटा मशिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ । भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गाैलाका बिरामीको अवस्थालाई मध्यनजर गरेर ५ वटा डायलासिस मशिन थप गर्ने तयारी भएको बताए । ८ वटा मशिन सञ्चालन भएपछि ५ वटा मशिनबाट सामान्य, २ वटाबाट संक्रमित र एउटा मशिनबाट आपतकालीन बिरामीलाई सेवा दिने योजना रहेको उनको भनाइ छ ।
नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरूलाई काममा...
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सीएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट...
नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डपमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३१४ जनाको आँखाको परीक्षण गरिएको छ । शिविरमा ...
रूपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य बीमा गरेका नगरबासीलाई नगर अस्पतालबाटै बीमाबापत पाइने निःशुल्क उपचार,ल्याब परीक्षण र औषधिहरू नगर ...
सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित व...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...