०२ साउन २०८३, शनिबार

असिम भन्दै आफूलाई बधाई आएपछि असिफ लेख्छन् – ‘सांसद भएको म होइन, भाइ हो’

मंसिर २५, २०७९
असिम भन्दै आफूलाई बधाई आएपछि असिफ लेख्छन् – ‘सांसद भएको म होइन, भाइ हो’

फिल्म निर्देशक एवं निर्माता असिम शाह रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका छन् ।

मुस्लिम समुदायको तर्फबाट ‘दुई रुपैयाँ’का निर्देशक शाह सांसद छानिएका हुन् । उनी सांसद छानिएसँगै फिल्मर्मीहरु बधाई दिइरहेका छन् । यतिबेला बधाईको ओइरो असिमलाई मात्र होइन्, उनका दाई असिफ शाहलाई पनि आइरहेको छ । 

यद्यपी, धेरैले झुक्किएर असिफ शाहलाई बधाई दिएका हुन् । जुन कुरा असिफले सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् । फिल्म निर्देशक एवं अभिनेता रहेका असिफ दाजुभाईको तस्वीर फेसबुकमा शेयर गर्दै लेख्छन्, ‘ धेरै जना साथीहरू अलमलमा पर्नु भएछ ! खासमा रास्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नेपालको संघीय संसदमा समानुपातिक सांसद चयन भएको म होइन, मेरो भाई असिम शाह हो । तर पनि झुक्किएर मलाई बधाई दिनुहुने सबैको बधाई सम्बन्धित व्यक्तिसम्म पुर्याइदिएको छु है ।’ 

salt training

कमेन्ट गर्नुहोस्