२९ असार २०८३, सोमबार

वर्षाको जन्मदिनमा संजोगले भने– ‘तिम्रो मुहारमा मुस्कान कहिल्यै नहराओस्’

मंसिर २८, २०७९
वर्षाको जन्मदिनमा संजोगले भने– ‘तिम्रो मुहारमा मुस्कान कहिल्यै नहराओस्’

नेपाली चलचित्र र म्युजिक भिडियोकी चर्चित अभिनेत्री एवं मोडल वर्षा राउतले बुधवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।

‘नाई नभन्नु ल ४’ डेब्यु यी अभिनेत्रीले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘छक्का पञ्जा २’, ‘गोपी’, ‘के घर के डेरा’, ‘लाखे’ जस्ता थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् ।

चलचित्र र म्युजिक भिडियोमा सफलताको शिखरमा रहिरहेकी वर्षा पछिल्लो समय भने श्रीमान संयोज कोइरालासँगको सम्बन्धका कारण थप चर्चामा थिइन् ।

उनको वैवाहिक जीवनमा खटपट आएको गसिपहरु आएका थिए । यद्यपी, उनले त्यसको खण्डन गरिसकेकी छिन् ।

जन्मदिन मनाइरहेकी उनलाई श्रीमान कोइरालाले प्रेमिल शुभकामना दिएका छन् ।  

संजोगले वर्षालाई शुभकामना दिन आफूसँग शब्दहरूको कमी रहेको समेत उल्लेख गरेका छन् । उनले वर्षाको अनुहारमा मुस्कानले कहिल्यै नछाडोस् भन्ने शुभकामना दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्