
काठमाडौं, ३० साउन — भारतकी प्रसिद्ध कमेडी कलाकार भारती सिंह र अनु मलिकको नयाँ कमेडी शो ‘कमेडी दंगल’ शनिवार र आइतवार यान्ड टीभीबाट प्रसारित भएको छ ।

भारतीले धेरै शोहरूमा स्ट्यान्ड अप कमेडी गरिसकेकी छन् । उनी हालै कपिल शर्माको शोमा पनि देखिएकी थिइन् ।
तर नयाँ शोमा उनी जजका रूपमा अनु मलिकसँग देखा परेकी हुन् ।
'कमेडी दंगल'मा स्ट्यान्डअप कमेडियनहरू तथा अभिनेताहरूबीचको प्रतिस्पर्धा हुन्छ । भारतीले स्ट्यान्डअप कमेडियनको प्रतिनिधित्व गर्छिन् भने अनु मलिकले अभिनेताहरूको ।
शोमा टेलिभिजनका सेलेब्रिटीहरूका साथसाथै सामाजिक सञ्जालका सेलेब्रिटी पनि भाग लिइरहेका छन् ।
शोको राम्रो कुरा भनेको द्विअर्थी संवाद र वयस्क हास्य छैन ।
तर यसका बाबजुद दर्शकहरूलाई शोले इम्प्रेस गर्न सकेन । ट्विटर प्रयोगकर्ता दर्शकहरूले यो शो झुर भएको प्रतिक्रिया दिएका छन् । उनीहरू विशेषगरी अनु मलिकविरुद्ध खनिएका छन् र उनलाई हटाउन माग गरिरहेका छन् ।
कपिल शर्माको शोअगाडि कृष्णा अभिषेकको 'ड्रामा कम्पनी' र भारतीको 'कमेडी दंगल' दुवै फ्लप रहेको टिप्पणी भएका छन् ।
एजेन्सी