०४ साउन २०८३, सोमबार

सिद्धार्थ बैंक ‘सेकेण्ड म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित

मंसिर २९, २०७९
सिद्धार्थ बैंक ‘सेकेण्ड म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड ‘सेकेण्ड म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं ‘न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्स’मा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेका थिए । 

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न उपाधिले प्रेरित गरेको प्रमुख कार्यकारी अधिकृत बस्यालले बताए  । बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । ​

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), २१५ वटा ए.टि.एम्, ११८ शाखारहित बैंकिङ सेवा र १ हजार ८ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न बैंकिङ सुविधाहरू सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्