
शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर २०२२’ अवार्ड प्राप्त गरेको छ । शिवम सिमेन्ट्स लिमिटेडलाई न्यु बिजनेश एज प्रालिले सातौं ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’अन्तर्गत उक्त अवार्ड दिइएको हो । विभिन्न सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डमध्ये शिवमले उक्त अवार्ड प्राप्त गरेको हो ।
यसभन्दा पहिला पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पी.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओ.पी.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरूमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवमले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी शेयरहोल्डर एवं कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुँदै आइरहेको छ ।
हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पी.सि. सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस, यूआरएस प्रमाणित आईएसओ प्रमाण पत्र प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।