०८ असार २०८३, सोमबार

द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त समारोह

द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त समारोह

द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आईटीका विद्यार्थीहरू र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तीर्ण विद्यार्थीहरू दीक्षित भएका हुन् । सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए । साथै उनले स्वागत मन्तव्य दिएका थिए । उनले भने, ‘यस वर्षको पहिलो दीक्षान्त कार्यक्रममा धेरै विद्यार्थीहरू उपस्थित हुन पाएका थिएनन् । यो महत्वपूर्ण समारोहमा विभिन्न तरिकाले जोडिन म आव्हान गर्दछु । कोही लामो दूरी पार गरेर आउनु भएको छ भने कतिपयले नेपालभित्रैबाट हामीलाई सहयोग गर्नुभएको छ । भिडियो लिंकमार्फत हामीसँग जोडिन म आग्रह गर्दछु ।’

कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । औद्यागिक सल्लाहकार बोर्डका सदस्यहरू वीरेन्द्रराज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए । ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ बिजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसीप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै बीबीएबाट दीक्षित भएका निरजप्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।    

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरूलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’

ठूलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरूलाई बधाइ र शुभकामना दिए ।

salt training

कमेन्ट गर्नुहोस्