×

NMB BANK
NIC ASIA

नबिलका हरेक बचत खातामा घातक रोगको बीमा

पुस १, २०७९

NTC
Premier Steels

नबिल बैंकले हरेक बचत खातामा घातक रोगको बीमा तथा अवधि जीवन बीमा सुविधा दिइरहेको छ । बैंकले चार वर्ष अगाडि शुरु गरेको घातक रोगमा ३ लाख र अवधि जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गरिदिँदै आएको छ । 

Muktinath Bank

बैंकले आफ्ना खातावालाको लागि घातक रोग लाग्दा केही भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको छ । बैंकले दिएको यस्तो सुविधा अहिलेसम्म करिब ४ सय जनाले प्रयोग गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधि जीवन बीमा हुने गरेको छ । मेट लाइफसँगको सहकार्यमा नबिलले बैंकसँग भएको सबै प्रकारको बचत खाताको लागि यस्तो बीमा सुविधा दिएको छ । यो सुविधा पाउन भने खातामा न्यूनतम ३५ हजार रुपैयाँ भने अनिवार्य हुनुपर्ने नबिल बैंकको भनाइ छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ । 


Advertisment
Nabil box
Kumari

नबिल बैैंकमा खाता भएकै कारण गत चैत २४ मा हृदयघात भएर उपचार गराउन गंगालाल हस्पिटल पुगेका पुस्कर सापकोटालाई ठूलो भरथेग भयो । ३ लाख रुपैयाँको घातक रोगको बीमा भएका कारण उनले तत्कालै नबिल बैंकबाट २ लाख ८४ हजार रुपैयाँ पाए । 

Vianet communication

उक्त रकम आफ्नो उपचारको लागि ठूलो भरथेग भएको सापकोटाले लोकान्तरसँग बताए । ‘बैंकमा न्यूनतम ब्यालेन्स मेन्टेन गरेकै भरमा हृदयघात हुँदा उपचार गर्न पैसा पाए । बैंकका कर्मचारी अस्पतालमै पुगेर आफूलाई पैसा दिएका थिए । बैैंकले त्यतिबेला गरेको सहयोगप्रति निकै खुशी छु’, उनले भने, ‘बैंकले दिएको भन्दा बढी खर्च लाग्ने भए पनि घातक रोगको उपचार र त्यसमा पनि आकस्मिक रूपमै पाएको पैसा निकै महत्वपूर्ण हुँदो रहेछ ।’

गिजाको क्यासरबाट पीडित पाल्पाका ध्रुवराज ढुंगानालाई पनि नबिल बैंकले गरेको सहयोग बिरामी पर्दाको समयमा ठूलो साथी भयो । नबिल बैंकमा खाता भएकै कारण ढुंगानाले पनि आकस्मिक रूपमा गर्नुपरेको उपचारको लागि पैसा पाए । उनले बैंकले प्राणघातक रोगको बीमा गरिदिने कुरा कतैबाट सुनेका रहेछन् । उनले आफ्नो खाता भएको बैंकबाट बीमा सुविधा प्राप्त हुन्छ कि भनेर बैंकमा सोधपुछ गरेछन् ।

नबिल बैंकले आफ्नो ग्राहकहरुको बीमा गरिदिएको थाहा पाएपछि ढुंगानाले आफूलाई लागेको रोगको कागजात बोकेर बैंकको शाखा पुगे । त्यहाँ उनले बिना झन्झट आफ्नो बीमाको रकम दाबी गरे । सरल प्रक्रिया भएकोले उनलाई कुनै अप्ठ्यारो पनि भएन । उनले केही समयमा नै ३ लाख रुपैयाँ आफ्नो खातामा पाए जसले गर्दा उपचार गर्न भरथेग भएको थियो । 

ढुंगानाको भनाइ उदृत गर्दै नबिल बैंकका एक कर्मचारीले भने, ‘रोग लाग्नु आफैँमा ठूलो दुःख हो । रोगको उपचारको खर्च जुटाउनु अझ गाह्रो हुँदो रहेछ । नबिल बैंकले मेरो दुःखको बेला बीमाको रकम भुक्तानी गरेर जुन सहयोग गर्यो त्यसले मलाई ठूलो राहत मिल्यो । खातामा पैसा राखेकै भरमा बैंक आफैं मेरो बीमा गरिदिएको रहेछ र त्यो रकमले मैले आफ्नो उपचार गर्न पाएँ ।’ 

शंखमूलका ४४ वर्षीया एक महिलालाई पनि नबिल बैंकमा खाता खोलेकै कारण क्यान्सर पत्ता लाग्दा उपचार गर्न रकम दिएको छ । उनलाई उपचार गर्न भारत जानुपर्ने भएछ । भारतमा उपचार सकेर फर्किएपछि बैंकले उपचारको लागि बीमा गर्छ भनेर थाहा पाएका उनले नेपाल फर्केपछि सोधपुछ गरिन् । उनले अनलाइनमार्फत बीमा रकम दाबी गरिन् । बैैैंकका अनुसार उनले सबै डकुमेन्ट घरबाट नै स्क्यान गरी पठाइन । कुनै झन्झट बिना नै उनले बीमा रकम पाइन् । क्यान्सर रोग लागेपछि हुने ठूलो खर्चमा नबिल बैंकको बीमाको रकमले आफूलाई सहयोग मिलेको भनाइ उनले दिएको बैैंकका एक कर्मचारीले बताइन् ।

नबिल बैैंकले दिने यस्तो घातक रोगहरूको उपचारार्थ बीमा रकम विभिन्न १३ प्रकारका रोगका लागि छ । किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, रिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया, सिरयस कोनोनरी आर्टरी डिजिजको लागि यस्तो बीमा सुविधा दिने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x